कैलाली । पूर्व–पश्चिम राजमार्गअन्तर्गत घोडाघोडी नगरपालिका–२ टनकपुरमा आज बिहान जिपको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
लु २ च २३५८ नम्बरको तरकारी बोकेको जिपले ठक्कर दिँदा बर्दगोरिया गाउँपालिका–६ कोटा तुल्सीपुरका ५५ वर्षीय शंकर डगौराको मृत्यु भएको हो ।
सुखड इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक रमेश अवस्थीका अनुसार गम्भीर घाइते भएका डगौरालाई उपचारका लागि घोडाघोडी अस्पताल पुर्याइएपछि चिकित्सकले मृत घोषणा गरेका हुन् ।
दुर्घटनामा अन्य तीन जना घाइते भएका छन् । घाइतेमा ५४ वर्षीय पदमबहादुर शाही, ४५ वर्षीय हर्कबहादुर डगौरा र २५ वर्षीय कृष्ण डगौरा रहेका छन् । उनीहरूको घोडाघोडी अस्पतालमा उपचार भइरहेको छ भने घाइते शाहीलाई थप उपचारका लागि धनगढी रेफर गरिएको प्रहरीले जनाएको छ ।
जिप चालक रोल्पा त्रिवेणी गाउँपालिका–४ का २३ वर्षीय सन्तोष घर्तीमगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया