काठमाडौं । एकीकृत समाजवादीले पार्टी पुनर्गठन गर्दै घनश्याम भुसाललाई संयोजक तोकेको छ ।
शनिबार पार्टीका ६७ केन्द्रीय सदस्यहरूको भर्चुअल बैठकले तत्कालीन महासचिव भुसाललाई संयोजक तोक्दै मंसिर पहिलो हप्तामा राष्ट्रिय भेला आयोजना गर्ने निर्णय गरेको हो ।
बैठकले विभिन्न दलसँग संवाद र सहकार्य गर्ने जिम्मेवारी पनि संयोजक भुसाललाई दिएको छ ।
यसअघि भुसालले नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा र नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’सँग सहकार्य गर्न सहमति जनाएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया