बागलुङ। ढोरपाटन नगरपालिकामा पिकअप जिप दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
प्रहरीका अनुसार, शुक्रबार राति १० बजे बुर्तिबाङबाट ढोरपाटनतर्फ जाँदै गरेको ग ३च ३८१९ नम्बरको पिकअप ढोरपाटन नगरपालिका–८ र ९ को सिमाना च्वावीरमा दुर्घटना भएको हो । यसमा ढोरपाटन नगरपालिका–७ का २३ वर्षीय राजेन्द्र अदै घटनास्थलमै मृत्यु भएका छन् ।
घाइतेमध्ये ढोरपाटन नगरपालिका–९ का २७ वर्षीय गाडी चालक दिलबहादुर विकको बुर्तिबाङ अस्पतालमा उपचार भइरहेको छ भने वडा नं ७ का २४ वर्षीय वसन्त अदै भने घर फर्किसकेका छन् ।
इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक तिलक मानन्धरले दुर्घटना भएको सडकबाट पिकअप करिब ६० मिटर तल भुजीखोलामा खसेको जानकारी दिए । उनले भने, ‘राति भएको भएपनि उद्धार समयमै भयो । एक जनाको घटनास्थलमै मृत्यु भयो भने घाइतेमध्ये एक जना घर फर्किसकेका छन् र अर्काे उपचाररत छन् ।’
प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया