काठमाडौं । झण्डै दुई महिना बन्द रहेको चन्द्रागिरि केबलकार तथा रिसोर्ट शनिबार बिहानदेखि पुनः सञ्चालनमा आएको छ ।
गत भदौ २४ गते भएको तोडफोडका कारण बटम स्टेशनमा क्षति पुगेपछि चन्द्रागिरि हिल्सको सेवा अस्थायी रूपमा बन्द गरिएको थियो । अब मर्मत, सुरक्षा परीक्षण र निरीक्षणका सबै प्रक्रिया पूरा भएपछि सेवा पुनः सुरु गर्न लागिएको कम्पनीले जनाएको छ ।
केबलकार सेवा सुचारु भएपछि भक्तजनका लागि भालेश्वर महादेव मन्दिरसम्म पुग्न सजिलो हुने र पर्यटकले रिसोर्टका विभिन्न सेवा र आतिथ्यको आनन्द लिन सक्ने छन् ।
चन्द्रागिरि हिल्सले केबलकार निर्माता कम्पनी अष्ट्रियाको डोपलमेयरका उच्च प्राविधिक बोलाई मर्मत तथा परीक्षण कार्य सम्पन्न गरेको जनाएको छ ।
कम्पनीका अध्यक्ष हेमराज ढकालले सेवा पुनः सञ्चालनमा ल्याउन खटिएको प्राविधिक टोलीलाई धन्यवाद दिँदै भक्तजन र पर्यटकको धैर्यताप्रति आभार व्यक्त गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया