काठमाडौं उपत्यकाका यी क्षेत्रमा आज विद्युत आपूर्ति बन्द

लोकपथ
532
Shares

काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा आज बिहान केही समयका लागि विद्युत् आपूर्ति बन्द गरिएको छ ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार स्युटाचार–टेकु १३२ केभी लाइनको बुसबार कनेक्सन कार्यका कारण बिहान ७ बजेदेखि १० बजेसम्म विद्युत् आपूर्ति बन्द गरिएको हो ।

प्राधिकरणले रत्नपार्क, कुलेश्वर र पुल्चोक वितरण केन्द्रअन्तर्गतका कालीमाटी, क्षेत्रपाटी, भीमसेनस्थान, मिन्ट, त्रिपुरेश्वर, थापाथली, टेकु, न्युरोड, भोट बहाल, खिचापोखरी, चमती, ताहचल, कुलेश्वर, पुल्चोक, बागमती, भैसेपाटी, रिङरोड र सानेपा फिडरमा आज आपूर्ति अवरुद्ध हुने जनाएको छ ।

प्राधिकरणले सो अवधिमा उपभोक्तालाई वैकल्पिक व्यवस्था मिलाउन तथा सावधानी अपनाउन अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?