पहिला महाधिवेशन अनि मात्रै कांग्रेस निर्वाचनमा जानुपर्छ : मोहन आचार्य

लोकपथ
287
Shares

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहन आचार्यले चुनावअघि नियमित महाधिवेशन गर्नुपर्ने माग अघि सारेका छन् ।

नेपाली कांग्रेसको जारी केन्द्रीय समितिको बिहीबारको बैठकमा बोल्दै नेता आचार्यले

१४औँ महाधिवशेन गरेर नयाँ नेतृत्व र नयाँ नीतिका साथ चुनावमा जानुपर्ने बताए । यसैगरी उनले लाख आठ लाख सत्तरी हजार क्रियाशील भावना अनुसारको निर्णय केन्द्रीय समितिबाट हुने उनले विश्वास व्यक्त गरे ।

आचार्यले विशेष महाधिवेशनको पक्षमा हस्ताक्षरहरुको माग सम्बोधन कुन रुपमा गर्ने बारे नेतृत्वले सोच्नुपर्ने उनले बताए । आचार्यले भने, ‘नेपाली कांग्रेस विशिष्ट समयमा विशेष महाधिवेशनमा गएको थियो । तर, यो यसले राम्रो परिणाम दिन्छ जस्तो मलाई लाग्दैन ।’

आम जनतामा कांग्रेसले महाधिवशेन बारे के निर्णय लिन्छ ? बारे प्रतिक्षा गरिरहेको उनले बताए । आचार्यले भने, ‘कांग्रेसको २०७४ सालको समानुपातिक मत र २०७९ सालको समानुुपातिक मतमा पनि तपाईंले ख्याल गराउन चाहन्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?