जेनजी विद्रोहले अहङ्कारी सरकार ढल्यो : विप्लव

लोकपथ
175
Shares

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले जेनजी विद्रोहमार्फत अहङ्कारी सरकार ढल्यको बताएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित खबरदारी कार्यक्रममा उनले माओवादी जनयुद्ध र नेकपाले गरेको एकीकृत जनक्रान्तिले समेत गर्न नसकेको कार्य जेनजी विद्रोहले पूरा गरेको दाबी गरे ।

उनले भने, ‘अहङ्कारी सत्ता, संसद् दलालहरूको सत्तालाई ध्वस्त पारेकोमा धन्यवाद गर्न चाहन्छु। हाम्रो आवाज बेवास्ता भयो, संसद् दलालहरूको स्वार्थपूर्तिका लागि प्रयोग गरियो, जुन राष्ट्रघातको प्रतीक हो ।’

विप्लवले भ्रष्टाचार र ठेक्कापट्टाको राजनीतिक संस्कृतिका कारण जनताको आक्रोश विस्फोट भएर आन्दोलनमा परिणत भएको बताए । उनका अनुसार ‘सरकारले राज्य र डन्डाको बलमा दमन गरेपछि जनआवाज विस्फोट भयो र अहङ्कारी सत्ता ढल्यो ।’

जनयुद्धका योगदानलाई अपमान गरिएकोमा उनले आक्रोश व्यक्त गर्दै भने, ‘संविधानमा गणतन्त्र लेखियो तर जनताको संविधान लेखिएन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?