पोखरा सहकारीमा ८९ करोड हिनामिना, ७ जना पक्राउ

लोकपथ
140
Shares

काठमाडौं । पोखरा बचत तथा ऋण सहकारी संस्थामा ठुलो रकम हिनामिना भएको छ । सो सहकारीको करिब ८९ करोड रुपैयाँ हिनामिनाको आरोपमा कास्की प्रहरीले सात जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा सहकारीका अध्यक्ष सुरेन्द्र गोदार, सचिव दिलबहादुर केसी, कोषाध्यक्ष हिरामणि दाहाल, व्यवस्थापक भीष्मप्रसाद गुरुङ, सदस्य दोर्जे तामाङ, सुपरभाइज मार्केट प्रमुख बेदीप्रसाद सुवेदी लगायत रहेका छन् ।

प्रहरीका अनुसार सहकारीमा सङ्कलित रकम संस्थाका पदाधिकारी, व्यवस्थापक र कर्मचारी मिलेर हिनामिना गरेका हुन् । 

घटनासम्बन्धी थप अनुसन्धानका लागि पक्राउ परेकाहरूलाई जिल्ला अदालत कास्कीबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?