काठमाडौं । रुपन्देहीको भैरहवास्थित होटल निर्वाणा लक्जरी इन्टरनेसनल परिसरमा सोमबार मध्यराति गोली चल्दा एक जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी सुरज कार्कीका अनुसार, राति दुई समूहबीच झगडा हुँदा गोली चलेको हो ।
प्रहरीका अनुसार होटल अगाडि केही व्यक्तिबीच वादविवाद चलिरहेको थियो । त्यही क्रममा एक समूह होटलमा प्रवेश गर्न थालेपछि सुरक्षा गार्डले रोक्ने प्रयास गरेका थिए ।
त्यस क्रममा गोली लागेर होटलका सुरक्षा गार्ड २७ वर्षीय मीनबहादुर परियार घाइते भएको प्रहरीले जनाएको छ । बुटवल उपमहानगरपालिका–१५ का बासिन्दा परियारको तिघ्रामा गोली लागेको छ ।
घाइते परियारलाई राति नै उपचारका लागि भैरहवास्थित भीम अस्पतालमा पुर्याइएकोमा उनी उपचारपछि डिस्चार्ज भइसकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया