बढुवा भएका पाँच डीआईजीको पदस्थापन, खत्री सीआईबीमा

लोकपथ
1.7k
Shares

काठमाडौं । नेपाल प्रहरीका पाँच नायव महानिरीक्षक (डीआईजी) को पदस्थापन भएको छ ।

कात्तिक ९ गते बढुवा सिफारिस भएका भूपेन्द्रबहादुर खत्री, सानुराम भट्टराई, ओम अधिकारी, शेखर खनाल र अबिनारायण काफ्लेको बढुवासँगै पदस्थापन पनि भएको हो । 

खत्रीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा, भट्टराईको प्रधान कार्यालयस्थित अपराध अनुसन्धान विभागमा, ओम अधिकारीको उपत्यका प्रहरी कार्यालयमा, शेखर खनालको अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा र अबिनारायण काफ्लेको प्रहरी महानिरीक्षकको सचिवालयमा पदस्थापन भएको हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?