आज पनि बस्दै नबसी स्थगित भयो कांग्रेस केन्द्रीय समिति बैठक

लोकपथ
539
Shares

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि स्थगित भएको छ ।

आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक बस्दै नबसी स्थगित भएको हो ।

त्यसो त यसअघि शुक्रबार पनि बस्दै नबसी बैठक स्थगित भएको थियो ।

कांग्रेसमा नियमित महाधिवेशन गर्ने वा विशेष महाधिवेशन गर्ने भन्ने विषयमा चर्काचर्की भइरहेको छ ।

कांग्रेसको संस्थापन समूहले वर्तमान कार्यसमितिको म्याद थप गरेर राष्ट्रिय निर्वाचनपछि पार्टीको १५औँ महाधिवेशन गर्ने माग अघि सारेको छ । तर महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले भने यो कार्यसमितिको म्याद नथपी मंसिरको अन्तिम नभए पुसको दोस्रो सातासम्म नियमित महाधिवेशन गर्ने तयारी गरिरहेका छन् । यदी नियमित महाधिवेशन गर्न सम्भव नभएका विशेष महाधिवेशन दबाब बढाइरहँदा केन्द्रीय समिति बैठक नै प्रभावित बनिरहेको हो ।

जेनजी आन्दोलनपछि पार्टीभित्र नेतृत्व परिवर्तनका लागि आवाज उठिरहँदा असोज २८ गते केन्द्रीय समिति बैठक बोलाइएको थियो । केही दिन बैठक बसेर कार्तिक १३ गतेसम्मका लागि स्थगित गरिएकोमा सुरुको दिन बाहेक बैठक बस्न नसकेको हो ।

अर्को बैठक कार्तिक १८ गते मंगलबार वीपी स्मृती भवन सानेपामा बस्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?