कांग्रेस नेता आलमको स्वास्थ्य गम्भीर, आइसियूमा उपचार जारी

लोकपथ
1.6k
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद आफ्ताब आलमको स्वास्थ्य अवस्था गम्भीर बनेको छ ।

मिर्गौलामा सङ्क्रमण देखिएपछि उनलाई सिनामङ्गलस्थित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालको सघन उपचार कक्ष (आइसियू) मा भर्ना गरिएको हाे ।

आलम लामो समयदेखि मिर्गौलाको समस्या भोग्दै आएका छन् र नियमित रूपमा डायलाइसिस गराउँदै आएका थिए । स्वास्थ्यमा जटिलता देखिएपछि हाल उनलाई चिकित्सकको निगरानीमा आइसियूमा राखी उपचार भइरहेको बताइएको छ ।

रौतहटबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका आलमले विगतमा वन तथा वातावरण मन्त्री र श्रम तथा रोजगार मन्त्रीको जिम्मेवारी समेत सम्हालेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?