काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ ।
शनिबार बिहान साढे ११ बजेबाट भक्तपुरको गुण्डुस्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा बैठक सुरु भएको हो ।
बैठकमा पछिल्लो राजनीतिक समसामयिक विषय, निर्वाचन, प्रतिनिधि सभा पुनःस्थापना, जेन जी, सरकार र राजनीतिक दलहरूसँग भएको वार्ता, नेकपा (एकीकृत समाजवादी) का नेता, कार्यकर्ताहरूलाई पार्टीमा फर्किन आह्वान गर्ने लगायतका विषयहरूमा छलफल हुनेछ ।
साथै पार्टीको महाधिवेशन कार्यसूचीबारे पनि छलफल हुने पार्टीले बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया