काठमाडौं । नेकपा माओवादी केन्द्रले माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीले गरेको पार्टी एकता निर्णयको स्वागत गरेको छ ।
माओवादी केन्द्रका नेता हरिबोल गजुरेलले वामपन्थी एकताको सुरुआत भएको उल्लेख गर्दै भने, ‘उहाँहरूको पार्टीले बहुमतको आधारमा एकताको निर्णय गरेको छ । अब झलनाथजीहरूले पार्टीको निर्णय मानेर आउनुहुन्छ कि के गर्नुहुन्छ, त्यो उहाँहरूको कुरा हो । तर यसले वामपन्थी एकताको सुरुआत गरेको छ ।’
गजुरेलले पार्टी एकतासहित समग्र राजनीतिक घटनाक्रमबारे समीक्षा गर्न माओवादी केन्द्रको सचिवालय बैठक आज दिउँसो ३ बजे पेरिसडाँडामा बस्ने जानकारी पनि दिएका छन् ।
उनले प्रचण्डले सच्चा वामपन्थीहरूको एकताको प्रयास गरिरहेको दाबी गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया