काठमाडौं । नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ । महाधिवेशनको तिथि–मितिबारे जारी अन्यौलताका बिच आज बस्न लागेको बैठकमा सो विषयमा टुंगो लगाउने तयारी गरिएको छ ।
कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार पदाधिकारी बैठक बोलाइएको र केहीबेरमै सुरु हुन लागेको जानकारी दिए । यसअघि शुक्रबार बस्ने भनिएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठक अन्तिम समयमा आएर स्थगित भएको थियो ।
पार्टीभित्र महाधिवेशनको मिति तय गर्न कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आन्तरिक छलफल तीव्र पारेका छन् । आजको बैठकमा महाधिवेशनको तयारी, संगठन सुदृढीकरण र आन्तरिक एकता जस्ता विषयमा पनि छलफल हुने बताइएको छ ।
बैठकपछि महाधिवेशनको मिति तथा अन्य निर्णयबारे आधिकारिक जानकारी सार्वजनिक गरिने जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया