काठमाडौं । नागरिक उन्मुक्ति पार्टी, नेपालका संरक्षक रेशम लाल चौधरीले आफू र आफ्ना सहकर्मीहरुलाई निर्वाचनमा भाग लिन नदिए मुलुकमा चुनाव नै हुन नसक्ने चेतावनी दिएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले लक्ष्मण थारु, धनिराम थारु र आफूले निर्वाचनमा भाग लिन नपाउने स्थिति आएको खण्डमा त्यस प्रकारको चुनाव स्वीकार्य नहुने बताएका हुन् ।
संरक्षक चौधरीले भने, ‘अहिले चुनाव लड्न दिन्न भन्छन्, पुरुषोत्तम यादवजीले भन्नुभयो नेता हुन दिन्न भन्छन् । देश परिवर्तन गर्ने हामी, संविधानमा अधिकार ल्याउन लड्ने हामी, तर कलम चलाउनेले फैसला गरिदिने ? त्यो फैसला हामीले मान्ने ? रेशम थारु, लक्ष्मण थारु, धनिराम थारुले यो चुनावमा भाग लिन पाएन भने म भन्छु फेरि यो देशमा चुनाव हुँदैन ।’
उनले कुनै पनि समुदायको विद्रोहलाई पन्छाएर मुलुकमा चुनाव सम्भव नहुने पनि उल्लेख गरे । ‘सिंगो समुदायको विद्रोहलाई पन्छाएर चुनाव हुन्छ ? यो सम्भव छैन, ‘उनले भने ।
त्यसै गरी, चौधरीले ‘जेनजी आन्दोलन’ लाई आम नागरिकको विद्रोहको रूपमा वर्णन गर्दै त्यसले सबै वञ्चित समुदायको आवाज बुलन्द गरेको दाबी गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया