काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक प्रभावित बनेको छ ।
आज दिउँसो १ बजे बस्नेगरी बिहीबार स्थगित भएको बैठक आज बस्न नसकेको हो ।
महाधिवेशनको कार्यतालिकाको विषय पेचिलो बन्दा आइतबारसम्मका लागि बैठक स्थगित भएको केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले जानकारी दिए ।
नेपाली कांग्रेसमा तत्काल नियमित महाधिवेशन बोलाउने वा विशेष महाधिवेशन बोलाउने भन्ने विषयमा सहमति जुट्न सकेको छैन ।
आगामी महाधिवेशन, जेनजी आन्दोलनपपछिको राजनीतिक घटनाक्रम लगायतका विषयमा छलफल गर्न गत असोज २८ गतेदेखि कांग्रेस केन्द्रीय समिति बैठक जारी छ । असोज २८ पछि केही दिन बसेर स्थगित भएको बैठक बिहीबार बसेको थियो । तर आजबाट बैठक निरन्तर बस्ने भनिए पनि आन्तरिक कारणले बैठक स्थगित हुन पुगेको हो ।
त्यसो त बिहीबारको बैठकमा महामन्त्री गगन थापाले महाधिवेशनको कार्यतालिका प्रस्तुत गर्ने तयारी गरेका थिए । तर कार्यवाहक सभापति पूर्णबहादुर खड्का त्यसमा सहमति नभएपछि महामन्त्री थापा बैठकमै सहभागि भएनन् ।
यता विशेष महाधिवेशन पक्षधरले संस्थापनलाई काउन्टर दिन आइतबारका लागि भेला बोलाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया