काठमाडौं महानगरले भन्यो– ‘घरबाट निस्कने फोहोर कम्पाउण्डभित्रै राख्नू’

लोकपथ
238
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले फोहोरमैला घर कम्पाउण्डमा सुरक्षित राख्न आग्रह गरेको छ । महानगरपाकिाकाले आज (शुक्रबार) सूचना जारी गर्दै आफ्नो घरबाट निस्किएको फोहोरमैला घर कम्पाउण्डमा नै सुरक्षित तवरणले राख्न आग्रह गरेको हो । 

महानगरपालिकाले दिएको जानकारी अनुसार बन्चरेडाँडा ल्याण्डफिल साइटमा फोहोर विसर्जनमा अवरोध उत्पन्न भएको कारण हालका लागि फोहोर संकलन तथा विसर्जन गर्न नसकिएको हो ।

महानगरले अर्को सूचना प्रकाशित नभएसम्म घर, कम्पनी तथा संस्थाहरूले आफ्नो फोहोर अस्थायी रूपमा सुरक्षित राख्न आग्रह गरेको छ । साथै, सार्वजनिक स्थानमा फोहोर फाल्न निषेध गरिएको र स्वच्छता कायम राख्न सबैलाई अनुरोध गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?