काठमाडौं । देशका विभिन्न भागमा मौसम बिग्रँदा पोखरा, भरतपुर र तुम्लिङटार विमानस्थलमा उडान–अवतरण बन्द गरिएको छ ।
नेपाल वायुसेवा प्राधिकरणका अनुसार शुक्रबार बिहानदेखि ती विमानस्थलहरूमा न्यून भिजिबिलिटी (दृष्टि दूरी) कम भएकाले हवाई सेवा अवरुद्ध भएको हो ।
पोखरा विमानस्थलमा बाक्लो हुस्सु र बादलका कारण दृश्यता अत्यन्तै कमजोर बनेको छ भने भरतपुर र तुम्लिङटारमा समेत निरन्तर वर्षा र कुहिरोका कारण उडान सञ्चालन गर्न नसकिएको जनाइएको छ ।
यद्यपि, भद्रपुर विमानस्थलमा मौसम क्रमशः सुधार हुँदै गएको र उडान सञ्चालनको तयारी भइरहेको प्राधिकरणले जनाएको छ । मौसममा सुधार आएसँगै क्रमशः आन्तरिक उडान पुनः सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिइएको छ ।
हवाई सेवा प्रदायक कम्पनीहरूले यात्रुहरूलाई धैर्य गर्न आग्रह गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया