ललितपुर । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि जारी रहने छ । आज दिउँसो १ बजेदेखि पार्टीको केन्द्रीय कार्यालय, बिपी स्मृति भवन ललितपुरमा सुरु हुँदैछ ।
गत असोज २८ गतेबाट कांग्रेसको बैठक सुरु भएको थियो । केही दिन बैठक बसे पनि नजिकिँदो तिहारका कारण कार्तिक १३ गते (हिजो) सम्मका लागि स्थगित गरिएको थियो ।
हिजोको बैठकमा एक दर्जन बढी केन्द्रीय सदस्य तथा आमन्त्रित केन्द्रीय सदस्यहरुले धारणा राखेका थिए ।
कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा बसेको हिजोको बैठकमा आफ्नो धारणा राख्ने केन्द्रीय सदस्यहरूमा मानबहादुर विश्वकर्मा, कृष्णचन्द्र नेपाली पोखरेल, बहादुर सिंह (लामा) तामाङ, रमा कोइराला (पौडेल), टेकप्रसाद गुरुङ, राजेन्द्रकुमार के.सी, रंगमती शाही, मदनकृष्ण श्रेष्ठ, सीताकुमारी राना, विद्यादेवी तिमिल्सिना, शान्ति परियार वि.क, लक्ष्मी खतिवडा तथा आमन्त्रित केन्द्रीय सदस्य पुष्पराज पराजुली, आमन्त्रित प्रदेश सभापतिहरू, इन्द्रबहादुर बानियाँ (बागमती) र अमरसिंह पुन (लुम्बिनी) ले रहेका छन् ।
जनजी आन्दोलनपछि पार्टीभित्र नेतृत्व परिवर्तनका लागि दबाब बढिरहेका बेला कांग्रेसले केन्द्रीय समिति बैठक बोलाएको थियो । बैठकमा आगामी १५औँ महाधिवेशन, जेनजी आन्दोलन र त्यसपछिको परिस्थिति, अन्तरिम सरकारले तोकेको निर्वाचन र पछिल्लो राजनीतिक घटनाक्रममा केन्द्रित रहेको जनाइएको छ ।
त्यसो त सभापति शेरबहादुर देउवाले उपासभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक तोकेर आफू भने उपचारका लागि हिजो (बिहीबार) सिंगापुर उडेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया