‘मोन्था’ चक्रवातको प्रभावले शनिबार बिहानसम्म देशभर वर्षा हुने

लोकपथ
168
Shares

काठमाडौं । ‘मोन्था’ चक्रवातको प्रभावका कारण शनिबार बिहानसम्म देशका अधिकांश भागमा वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाकी प्रवक्ता विभूति पोखरेलका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशमा छिटपुट वर्षा, अन्य प्रदेशहरूमा भने मध्यम वर्षा हुने सम्भावना रहेको छ । उनले शनिबार बिहानदेखि मात्र मौसम क्रमशः सुधार आउने जानकारी दिइन् ।

आगामी २४ घण्टामा काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा पनि वर्षा हुने पूर्वानुमान गरिएको छ । प्रवक्ता पोखरेलका अनुसार सबै स्थानमा निरन्तर वर्षा नहुने भए पनि अस्थायी रूपमा वर्षा हुने सम्भावना छ ।

त्यसैगरी, कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात हुन सक्ने चेतावनी विभागले दिएको छ । विभागले मौसम असामान्य हुन सक्ने भन्दै आवश्यक सावधानी अपनाउन समेत आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?