बैतडीमा जीप दुर्घटना : एक जनाको मृत्यु, चार घाइते

लोकपथ
448
Shares

बैतडी । जिल्लाको शिवनाथबाट मेलालीतर्फ आइरहेको जीप दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

से १ ज ७३२ नम्बरको जीप मेलाली नगरपालिका-७ स्वाखानीमा गए राति दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएकी मेलाली नगरपालिका-२ की २३ वर्षीया तुलसी पाण्डेयको उपचारका क्रममा केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएको प्रहरी प्रवक्ता बल्देव बडूले जानकारी दिए ।

अन्य चार घाइतेलाई थप उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?