काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा त्रिपक्षीय छलफल सुरु भएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीले आह्वान गरेको सरकार, राजनीतिक दल र जेनजीका प्रतिनिधिहरुबिच छलफल भएको हो ।
निर्वाचनको म्याण्डेट पाएर गठन भएको सरकारले निर्वाचनको वातावरण नबनाएको भन्दै राजनीतिक दलहरुले आलोचना गरिरहेका छन् । यसैबिच प्रधानमन्त्री कार्कीले त्रिपक्षीय छलफल बोलाएकी हुन् । आजको बैठकमा विभिन्न राजनीतिक दलका प्रतिनिधि, जेनजीका प्रतिनिधि, मन्त्रीहरुसहित प्रधानमन्त्री कार्कीको समेत उपस्थिति रहेको छ । बैठकमा आगामी निर्वाचन, जेनजीका माग र आगामी बाटोबाट छलफल हुने बताइएको छ ।






यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया