काठमाडौं । मुस्ताङ भ्रमणमा आएका आन्तरिक पर्यटकहरूका लागि सशस्त्र प्रहरी बल, नेपालले स्वास्थ्य परीक्षण र औषधी वितरण गरेको छ ।
बुधबार बिहानदेखि त्यस क्षेत्रमा पर्यटकहरूको अक्सिजन लेभल र रक्तचाप परीक्षण गर्नुका साथै आवश्यक औषधी वितरण गरिएको हो ।
सशस्त्र प्रहरी बल, नेपाल नं. ३३ गुल्म मुस्ताङले बुधबार बिहान ९० महिला र ६० पुरुष गरी १ सय ५० जनाको अक्सिजन लेभल चेक गरेको थियो । यस्तै ६० महिला र ४० पुरुष गरी १ सय जनाको रक्तचाप परीक्षण गरेको थियो ।
त्यस क्षेत्रमा हिमपात भएको र चिसो एक्कासि बढेका कारण धेरै पर्यटकहरूमा टाउको दुख्ने, वाकवाकी लाग्ने तथा श्वासप्रश्वासमा समस्या देखिएको र उनीहरूको समस्या पहिचान गरी सामान्य प्राथमिक उपचारसमेत गरिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया