काठमाडौं । सर्वोच्च अदालतले आफ्नो वेबसाइट पूर्णरूपमा सञ्चालनमा ल्याएको छ । मंगलबारबाट आंशिकरूपमा चलेको सर्वोच्चको वेबसाइट, बुधबारबाट पूर्णरूपमा सञ्चालनमा आएको हो ।
सर्वोच्च अदालतले आफ्नो सर्भर जिआइडीसीमा नराखी आफ्नै भवनमा राखेको थियो । भदौ २४ को जेनजी आन्दोलनका क्रममा सर्वोच्च अदालतमा आगजनी भएपछि सर्वोच्चको सर्भर र डाटा सम्पूर्णरुपमा जलेर नष्ट भएको थियो । त्यसपछि बन्द भएको वेबसाइट बुधबारबाट भने पूर्णरूपमा सञ्चालनमा आएको हो ।
वेबसाइट पूर्णरूपमा सञ्चालनमा आएसँगै अब कर्मचारी र सेवाग्राहीले कुन मुद्दाको अवस्था के छ रु आदेश वा फैसला के भयो, पेसीमा कुन कुन मुद्दा छन् भन्ने सबै विषय हेर्न सक्ने भएका छन् । यसअघि सर्भर नचल्दा अदालतहरूले दैनिक पेसी सूचीको विवरण मात्रै फेसबुक पेजमा राख्ने गरेका थिए ।
वेबसाइट सञ्चालनमा आएसँगै अब फैसलाहरू समेत डाउनलोड गर्न सकिने भएको छ ।
आगजनीमा परेर सर्वोच्च अदालतको सिस्टम कोल्याप्स हुँदा कम्तीमा ५ करोड रुपैयाँको क्षति भएको थियो । अहिले सर्वोच्चले आफ्नो डाटा सेन्टर रिकभर गरे पनि प्रविधिमा विकास र उच्च गुणस्तरको पूर्वाधार प्रयोग गर्न नपाउँदा वेबसाइट भने निकै सुस्त देखिएको छ ।
पिक आवर अर्थात् बिहान १०ः३० बजेदेखि १२ बजेसम्मको समयमा वेबसाइट खुल्न निकै कठिन भएको पाइएको छ । त्यसै गरी फैसला डाउनलोड गर्न पनि निकै कठिन भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया