आज रातिदेखि बुधबार बिहानसम्म वर्षा र हिमपातको सम्भावना

लोकपथ
1.8k
Shares
file photo

काठमाडौं । आज राति देखि बुधबार बिहानसम्म देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको छ । नेपालमा पश्चिमी वायु र अरब सागरमा बनिरहेको न्यून चापीय प्रणालीको प्रभावका कारण आगामी दिनमा देशका केही भागमा वर्षा र हिमपात हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

विभागकाअनुसार आज सोमबार १० गते रातिदेखि १२ गते बुधबार बिहानसम्म गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागमा हल्का देखि मध्यम वर्षा र हिमपातको सम्भावना छ।

विशेष गरी गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भूभागमा केही स्थानमा भारी हिमपात पनि हुनसक्ने महाशाखाले जनाएको छ ।   

महाशाखाले सम्भावित हिमपात र वर्षाका कारण दैनिक जनजीवन, पर्वतारोहण, कृषि, पर्यटन क्षेत्रमा असर पर्ने सम्भावना रहेको भन्दै आवश्यक सतर्कता अपनाउन सर्वसाधारण र सरोकारवालालाई अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?