महाराजगञ्ज वृत्तका प्रहरी हत्याको आरोपमा थप पाँच जना पक्राउ

लोकपथ
350
Shares

काठमाडौं । जेनजी आन्दोलनको क्रममा महाराजगन्जस्थित प्रहरी वृत्तका दुई जना प्रहरीको हत्या गरेको आरोपमा थप पाँच जना पक्राउ परेका छन् । 

असई मिलन राय र जवान उत्तम थापाको हत्या आरोपमा थप पाँच जनालाई प्रहरीले पक्राउ गरेको हो । 

प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा गोरखाका २१ वर्षीय सोमबहादुर गुरुङ, तनहुँका २१ वर्षीय राजीव गुरुङ, युनिक श्रेष्ठ, सर्लाहीका १७ वर्षीय सुमित तितुङ र रामेछापका १६ वर्षीय दीपक मगर रहेका छन् ।

उनीहरूलाई पक्राउ गरी आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

यसअघि प्रहरी हत्याको आरोपमा पक्राउ परेका चार जना पुर्पक्षका लागि कारागार चलान भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?