काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले अन्तरिम सरकारको प्रमुख सुशीला कार्कीलाई सिफारिस नगरेको दाबी गरेका छन् ।
आज सम्पादकहरुसँग संवाद कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले सो कुरा बताएका हुन् ।
उनले वर्तमान सरकार संविधान अनुसार नबनेको दाबी गर्दै आफ्नै सिफारिसमा सुशीला कार्की प्रधानमन्त्री बनाइएको भन्ने माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले झुट बोलेको समेत दाबी गरे । उनले आफूले वर्तमान अवस्था, लोकतन्त्र, संविधान र संसद रहने गरी सरकार गठन गर्न सिफारिस गरेको दाबी गरे ।
‘यो अन्तरिम सरकार संविधान अनुसार बनेको होइन । हिजो अस्ती प्रचण्डले मसँग प्रमाण छ भनेर भयांकर झुट दिनुभयो । राष्ट्रपतिजीले केयर टेकर प्रधानमन्त्री बनाउनका लागि रिफारिस गर्नु भन्नुभयो । राष्ट्रपति जीले कसैको सिफारिस बिना कुसनै व्यक्ति नियुक्त नहुने भन्ने हुँदैन,’ ओलीले आफूले सिफारिसको भाषा उल्लेख गर्दै भने, ‘मेरो सिफारिसको भाषा के छ भने, वर्तमान असहज र असाधारण अवस्था उत्पन्न भएको परिस्थितिमा परिस्थितिलाई नियन्त्रण गरेर संविधान र लोकतान्त्रिक परिपाटी र शान्तिपूर्ण स्थितिमा फर्काउनुपर्ने आवश्यक्ता भएकाले र यस्तो समाधान र लोकतान्त्रिक प्रणाली र प्रक्रिया भित्रैबाट खोजिनुपर्ने खोज्नका लागि सम्माननीय राष्ट्रपति संविधानको रक्षक र पालक भएको हुनाले संविधानभित्रबाट अहिलेको परिस्थितिको उपयुक्त निकाशका लागि आवश्यक कदम चाल्न सिफारिस गर्दछु ।’
यसमा सुशीला कार्की सुन्नभयो कतै ? मैले लेखेको यति हो । यसमा सुशीला कार्की भन्ने वा अरु कोही भन्ने नै छैन ।
संविधान र संसद चलाउन हुँदैन भन्ने कुरामा सम्माननीय राष्ट्रपतिज्यू र काम चलाउ प्रधानमन्त्री र प्रधानसेनापति उपस्थित भएका ठाउँमा मेरो प्रस्ताव त्यो थियो र उहाँहरु दुवै जनाले स्वीकार गर्नुभएको थियो । र यो सहमतिका साथ मैले त्यो सिफारिस त्यस भाषामा गरेको थिएँ । मसँग यो प्रति छ त्यो प्रति छ भन्ने होइन, मसँग कुनै प्रति छैन, तर परेका बेला प्रति त निस्किहाल्छ नि ! कहीँ नभए त राष्ट्रपति कहाँ त छदैँ छ नि । सुशीला कार्कीजीको मैले कहीँ सिफारिस गरेको छु भने त्यो फ्ल्यास गर्दिए हुन्छ । प्रचण्डजीसँग प्रमाण छ भने निकाले भो नि किन क्यूरियोसिटी राख्नुपर्छ र ! म प्रति त निकै माया गर्नुहुन्छ उहाँ थाहै छ त ।’
त्यस्तै आफूले सुशीला कार्की वा अरु संसद बाहिरबाट पनि कोही हुनुहुँदैन भनेर जिकिर नगरेको समेत बताए ।
‘मैले सुशीला कार्की वा अरु संसद बाहिरबाट पनि कोही हुनुहुँदैन भन्ने जिकिर गरिन,’ ओलीले भने, ‘मैले सुशीला कार्कीलाई प्रधानमन्त्री सिफारिस गरेको छैन, प्रचण्डसँग प्रमाण भए निकाले हुन्छ ।’
त्यस्तै आफू एमालेको नेतृत्वमा रहिरहेको विषयमा समाचार र सम्पादकहरुले गलत व्याख्या गरेको भन्दै कटाक्ष गरे । आफूलाई सम्पादकहरुले अध्यक्ष पदबाट हटाउन माग गरिरहेको तर पार्टी कमिटीले रक्षा गरेको समेत दाबी गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया