‘भदौ २३ गते मलाई गृहमन्त्रीज्यूले रबरको गोली चलेको रिपोर्टिङ गर्नुभयो’

लोकपथ
504
Shares

काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूले भदौ २३ गते तत्कालीन गृहमन्त्री रमेश लेखकसँग सम्पर्क गरेको बताएका छन् ।

आइतबार एमाले निकट प्रेस चौतारी नेपालले आयोजना गरेको ओलीसँगको सम्पादकहरुको संवाद कार्यक्रममा बोल्दै सो कुरा बताएका हुन् ।

उनले भदौ २३ गते नै आफूले नयाँ बानेश्वरमा घटना घटेपछि तत्कालीन गृहमन्त्रीसँग रिपोर्टिङ लिएको र उनले रबरको गोली मात्रै चलेको बताएको जानकारी गराए । त्यस्तै देशमा शान्ति सुव्यवस्था कायम गर्ने प्रहरीहरुलाई एसएलआर जस्ता हतियारहरु नदिइएको समेत दाबी गरे ।

‘मैले त्यसै बेला गृहमन्त्रीलाई सम्पर्क गरे । उहाँले रबरको गोली प्रहार गरेको रिपोर्टिङ गर्नुभयो,’ ओलीले भने, ‘अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा जसरी युवाहरुको मृत्यु भयो । साधारणतया शान्ति सुव्यवस्था कायम गरिएका सुरक्षाकर्मीहरुसँग त्यस्ता हतियारहरु दिइएको हुँदैन । सडकमा शान्ति सुव्यवस्था कायम गर्नका लागि केही दिइएको भए पनि त्यस्ता एसएलआर जस्ता बन्दुकहरु दिइएको हुँदैन ।’

२३ गतेको घटनापछि आफूले साँझ बैठक राखेर घटनाको छानबिन गर्न पूर्वन्यायाधीशको नेतृत्वमा छानबिन आयोग गठन गर्ने निर्णय गरेको समेत दाबी गरे ।

ओलीले सम्पादकहरुसँगको संवादलाई सम्बोधन गर्दै जेनजीका नाममा वृद्ध मान्छेलाई प्रधानमन्त्री बनाइएको भन्दै कटाक्ष गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?