काठमाडौं । नेकपा (एमाले)को १०औँ केन्द्रीय कमिटी बैठक आज (शुक्रबार) सकिँदै छ। बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम आज पनि जारी रहेको छ।
ललितपुरको जावलाखेलस्थित पार्टी मुख्यालयमा जारी बैठकमा बिहीबारसम्म १४७ जना र पहिलो दिन बुधबार ५० जना केन्द्रीय सदस्यले आफ्नो धारणा राखिसकेका छन् । आज पनि बाँकी सदस्यहरूले क्रमशः बोल्ने कार्यक्रम रहेको छ।
सदस्यहरूको धारणा प्रस्तुत गर्ने क्रम सकिएपछि पोलिटब्युरो, स्थायी कमिटी र पदाधिकारीहरूले पनि आफ्ना विचार राख्नेछन् । त्यसपछि अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदनमाथि उठेका प्रश्न र सुझावको जवाफ दिने छन्।
बैठकमा समसामयिक विषयसमेत समेटिएको प्रस्ताव पेश गर्ने र त्यससँगै केन्द्रीय कमिटी बैठक आजै समापन गर्ने कार्यक्रम रहेको पार्टी सचिवालयले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया