शेयर बजारमा १८.४० अंकको गिरावट

लोकपथ
77
Shares

काठमाडौं । बिहीबार शेयर बजार १८.४० अंकले घट्दै २४८७ अंकमा पुगेको छ । यो स्तर गत वर्षको असोज १३ यताकै न्यून हो । केही दिनयता बजार लगातार ओरालो लागिरहेको छ ।

आजको कारोबारमा ४५ कम्पनीको मूल्य बढ्दा १९७ कम्पनीको घटेको छ भने ९ कम्पनीको मूल्य स्थिर रह्यो ।

कारोबार रकम भने केही बढेको देखिएको छ । अघिल्लो दिन ३ अर्ब १० करोडको कारोबार भएकोमा आज ३ अर्ब २७ करोड रुपैयाँको कारोबार भएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले जनाएको छ ।

समूहगत सूचकहरू मध्ये बैंकिङ समूह ०.०२ प्रतिशतले मात्र बढेको छ भने बाँकी सबै समूह घटेका छन् । विकास बैंक १.१५, फाइनान्स १.२८, हाइड्रोपावर १.०३, लगानी ०.४९, जीवन बीमा ०.८९, उत्पादन तथा प्रशोधन ०.७३, माइक्रोफाइनान्स ०.७३, निर्जीवन बीमा ०.५३, अन्य २।२१ र व्यापार समूह ०।३९ प्रतिशतले घटेका छन् ।

आज सबैभन्दा धेरै मूल्य बढ्ने कम्पनी हिमालयन पावर पार्टनर रह्यो, जसको मूल्य ९.९३ प्रतिशतले बढ्यो । त्यसपछि कालिका लघुवित्त ५.६९ प्रतिशत, इनिफिनिटी लघुवित्त ३.८९ प्रतिशत र सगरमाथा लुम्बिनी जनरल इन्स्योरेन्स ३.७९ प्रतिशतले बढे ।

त्यसैगरी सबैभन्दा धेरै घट्ने कम्पनीमा समाज लघुवित्त १० प्रतिशत, युनिक नेपाल लघुवित्त ७.३३ प्रतिशत, समता घरेलु लघुवित्त ६.२५ प्रतिशत, अपर स्याङ्गे हाइड्रोपावर ४.८७ प्रतिशत र नेपाल पुनर्बीमा कम्पनी ४.२१ प्रतिशतले घटे ।

आज धेरै कारोबार भएका कम्पनीहरूमा मुक्तिनाथ विकास बैंक, नेपाल पुनर्बीमा कम्पनी, शिवम् सिमेन्ट, एनआरएन इन्फ्रास्ट्रक्चर, र हिमालयन रिइन्स्योरेन्स क्रमशः अगाडि रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?