सरकारले निष्पक्ष निर्वाचन सुनिश्चित गर्न सकेको छैन : देव गुरुङ

लोकपथ
42
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले सरकारले आगामी निर्वाचन निष्पक्ष र स्वतन्त्र रूपमा सम्पन्न गर्न सक्नेमा शंका व्यक्त गरेका छन् । 

निर्वाचन आयोगले बिहीबार दलहरूसँग आयोजना गरेको छलफलपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै गुरुङले निर्वाचनमा माओवादी केन्द्र सहभागी हुन तयार भए पनि सरकारले त्यसका लागि वातावरण तयार नगरेको बताएका हुन् ।

उनले सरकारले दलहरूसँग विश्वासको वातावरण सिर्जना गर्न कुनै भूमिका खेलेको छैन र राजनैतिक दलहरूको विरुद्ध प्रतिशोध, बदला, गिरफ्तारी तथा मुद्दा लगाउने गतिविधि अघि बढाइरहेको आरोप लगाएका छन् ।

गुरुङले भने, ‘निर्वाचन त हुनुपर्छ भन्ने कुरा हो र हामी सहभागी हुने तयारीमा छौँ । तर सरकारले निष्पक्ष, स्वतन्त्र वातावरण सिर्जना गर्छ कि गर्दैन भन्नेमा शंका पैदा भएको छ । यसैले सरकारले शान्ति सुरक्षा सुनिश्चित गर्दै सबै दलसँग संवाद गरेर विश्वासको वातावरण बनाउनुपर्छ । अहिलेसम्म सरकारले त्यो भूमिका निर्वाह गर्न सकेको देखिँदैन ।’

उनले थपे,‘ वर्तमान अवस्थामा दलहरूको विरुद्धमा गरिएका कारबाहीहरूले निर्वाचन निष्पक्ष र स्वतन्त्र रूपमा सम्पन्न हुनेमा शंका उत्पन्न गरेको छ ।’ गुरुङले सरकारले शान्ति सुरक्षा कायम गरी सबैलाई विश्वास दिलाउने वातावरण सिर्जना गर्न तत्काल कदम चाल्न आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?