काठमाडौं । नेकपा एमालेका नेता योगेश भट्टराईले प्रतिनिधि सभा सदस्यको हैसियतमा लिएको कूटनीतिक राहदानी (रातो पासपोर्ट) विभागमा फिर्ता गरेका छन् । उनले आफैँ राहदानी विभागमा पुगेर पासपोर्ट बुझाएका हुन् ।
गत भदौ २७ गते प्रतिनिधि सभा विघटन भएको थियो । नियमअनुसार, पद छोडेपछि एक महिनाभित्र आफ्नो र परिवारको नाममा जारी कूटनीतिक वा विशेष पासपोर्ट फिर्ता गर्नुपर्छ । समयमै पासपोर्ट फिर्ता नगरे विभागले पासपोर्ट रद्द गर्न सक्ने प्रावधान पनि छ ।
यसअघि पनि निवर्तमान सांसद प्रतिमा गौतम, रमा कोइराला पौड्याल, सपना राज भण्डारी, रघुजी पन्त, कान्तिका सेजुवाल र तोसिमा कार्कीले आफ्नो रातो पासपोर्ट फिर्ता गरिसकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया