मुख्यमन्त्रीको राजीनामा नआउँदै मधेस प्रदेशमा सरकार गठनका लागि दाबी पेस

लोकपथ
889
Shares

काठमाडौं । मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि दाबी पेस भएको छ ।

नेकपा एमाले, नेपाली कांग्र्रेस र जनमत पार्टीले सरकार गठनका लागि दाबी पेस गरेका छन् । यता मुख्यमन्त्री सतिशकुमार सिंहले भने राजीनामा दिएका छैनन् । तर एमालेबाट २३, कांग्रेसबाट २२ र जनमतबाट १३ सांसदको समर्थनमा नयाँ सरकार गठनका लागि दाबी पेस भएको हो ।

तीन दलका ५८ जना प्रदेश सभा सदस्यहरुको समर्थनमा नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता कृष्णप्रसाद यादवलाई मुख्यमन्त्री बनाउन दाबी पेस गरिएको हो ।

जेनजी आन्दोलनपछि मुख्यमन्त्री सिंहले राजीनामाको घोषणा गरेका थिए । तर माहोल थप सहज भएपछि उनले पद नछाड्दा उनीमाथि प्रश्न उठेको थियो । यसबिचमा बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री सिंहको राजीनामा नआएको भन्दै आक्रोश व्यक्त भएको थियो । राजीनामा घोषणा गरे पनि मुख्यमन्त्री सिंह पदमा बसिरहेपछि सरकारमा सामेल र सरकारलाई सहयोग गरेका दलहरुले समर्थन फिर्ता लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?