मत खरिदबिक्री नगर्न चेतावनी

धुलिखेल, २२ कात्तिक – प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले जनताको अमूल्य मतलाई खरिदबिक्री अर्थात् वस्तु विनिमयको साधनजस्तो नबनाउन राजनीतिक दलसँग आग्रह गरेका छन् ‘मतदान तथा मतगणना क्षेत्रीय प्रशिक्षण’ कार्यक्रमको धुलिखेलमा मङ्गलबार शुभारम्भ गर्दै उन्ल्ले जनताको मत लोकतन्त्रको आधार भएकाले मतको सुरक्षा गर्नु सबैको दायित्व भएको स्पष्ट गरे । प्रमुख आयुक्त यादवले जनताको मतलाई मतदान केन्द्रबाट मतगणनासम्मको प्रक्रिया पूरा गर्दासम्म सुरक्षित राख्न सबैको सहयोग आवश्यक रहेको जानकारी दिए, गोरखापत्रमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?