विप्लवले किन बोलाए केन्द्रीय समितिको बैठक ?

लोकपथ
336
Shares

काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले केन्द्रीय कमिटी बैठक आह्वान गरेको छ । नियमित बैठक सम्पन्न भएको एक महिनामै बोलाइएको यो आकस्मिक बैठक असोज २६, २७ र २८ गते कविलवस्तुस्थित शिवगढीमा बस्ने भएको हो ।

पार्टीका एक नेताका अनुसार, बैठकमा पछिल्लो समसामयिक राजनीति, कम्युनिष्ट पार्टीहरूको एकता तथा ध्रुवीकरण लगायतका विषयमा छलफल हुने छ । बैठकअघि असोज २३ गते स्थायी कमिटीको बैठक पनि बस्ने छ ।

विप्लव समूहले नेकपा माओवादी केन्द्रसँग एकता गर्ने तयारीको सन्दर्भमा माओवादी केन्द्रको विशेष महाधिवेशन र केन्द्रीय कमिटी भंग गरी आयोजक कमिटी घोषणा गरेको विषयमा पनि छलफल गर्ने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?