आज पनि देशभर वर्षाको सम्भावना, बागमती प्रदेशमा भारी वर्षा हुनसक्ने

लोकपथ
427
Shares

काठमाडौं । मनसुनी तथा स्थानीय वायुको प्रभावका कारण आज पनि देशभर वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाले आज देशभर वर्षाको सम्भावना रहेको जनाएको हो ।

महाशाखाका अनुसार आज दिउँसो सबै प्रदेशमा साधरणतया बदली रहनेछ । विशेष गरी कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भू–भाग र मधेस प्रदेशका केही स्थानमा मेघ गर्जनसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।

त्यसै गरी अन्य प्रदेशका पहाडी तथा तराई भू–भागका थोरै स्थानमा पनि वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावनासमेत रहेको छ ।

त्यस्तै बुधबार राति पनि सबै प्रदेशमा साधरणतया बदली रहनेछ । कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भू-भागमा मध्यम वर्षा हुने देखिएको छ भने मधेस प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै भू-भागमा समेत वर्षाको सम्भावना रहेको छ । यस अवधिमा कोसी, मधेस, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षा समेत हुन सक्ने अनुमान गरिएको छ ।

मौसमविद्हरूले भारी वर्षा हुने सम्भावना रहेका क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रहसमेत गरेका छन् । विशेष गरी नदी तटीय क्षेत्र, पहाडी भू-भाग तथा भूक्षय हुने सम्भावना रहेका ठाउँमा बाढी, पहिरो र जलमग्न हुने जोखिम रहेको हुँदा आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?