दसैँका लागि सुकिला नोट वितरण सुरु, कहाँ-कहाँबाट बाँडिदै छ ?

लोकपथ
2.8k
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले दसैँलाई लक्षित गर्दै (आज) आइतबारदेखि सुकिला नोट वितरण सुरु गरेको छ । बैंकले काठमाडौंसहित प्रदेशका विभिन्न स्थानमा रहेका राष्ट्र बैंकका कार्यालयहरू र बैंक तथा वित्तीय संस्थामार्फत असोज १० गतेसम्म नोट सटही गर्न सकिने व्यवस्था मिलाइएको हो ।

राष्ट्र बैंकका अनुसार पाँच रुपैयाँ दरको नोट नयाँ वितरण हुनेछ भने अन्य दरका नोट सुकिला (नयाँजस्तै) अवस्थामा उपलब्ध हुनेछन् ।

ग्राहकहरूले काठमाडौंको थापाथलीस्थित मुद्रा व्यवस्थापन विभागसहित विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढीस्थित कार्यालयबाट नोट सटही गर्न सक्नेछन् । साथै, विभिन्न बैंक तथा वित्तीय संस्थाका शाखामार्फत पनि नोट उपलब्ध हुनेछ ।

राष्ट्र बैंकले अघिल्लो वर्षदेखि नयाँ नोटको सट्टा सुकिला नोट बाँड्ने व्यवस्था गरेको हो । यस कदमले वार्षिक झन्डै १ अर्ब ३० करोड रुपैयाँ बचत हुने अनुमान बैंकले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?