कारागारबाट फरार कैदीबन्दी खोज्न सुरक्षाकर्मी परिचालन

लोकपथ
7
Shares

बैतडी । बैतडी कारागारमा मंगलबार राति भएको आगजनी र तोडफोडपछि ६२ जना कैदीबन्दी फरार भएका छन् । भागेका कैदीबन्दीको खोजीका लागि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी (प्रजिअ) पुण्यविक्रम पौडेलले जानकारी दिएका छन् ।

मंगलबार दिउँसोदेखि बन्दीगृहभित्र कैदीबन्दी आन्दोलित हुँदै तोडफोड र आगजनी गरिरहेका थिए । सुरक्षाकर्मीले घण्टौँसम्म प्रयास गरे पनि अवस्था नियन्त्रणमा लिन असफल भएपछि राति करिब ८ः३० बजे कैदीहरूले गेटको ताला फुटाएर सामूहिक रूपमा भागेका हुन् ।

प्रजिअ पौडेलका अनुसार केही फरार कैदीबन्दी स्वयं सम्पर्कमा आइसकेका छन् भने अन्यको खोजी कार्य जारी छ । उनले भने, ‘कारागारबाट भागेका कैदीबन्दी खोज्न सुरक्षाकर्मी परिचालन गरेका छौँ । तर, जलेर कारागार नष्ट भएकाले पक्राउ परेकालाई राख्न समस्या भएको छ ।

यस घटनापछि जिल्लामा आपराधिक घटना बढ्न सक्ने चिन्ता थपिएको छ । स्थानीय प्रशासनले नियन्त्रण तथा सुरक्षाका उपाय कडा बनाएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?