काठमाडौं । जेन-जी प्रदर्शनका क्रममा २५० जनाभन्दा बढी प्रदर्शनकारी घाइते भएका छन् । घाइतेमध्ये करिब २ दर्जनको अवस्था गम्भीर रहेको पाइएको छ ।
गृह मन्त्रालय स्रोतका अनुसार हालसम्म १७ जनाको मृत्यु भइसकेको छ भने विभिन्न अस्पतालमा उपचार गराउनको सङ्ख्या २ सय ५० भन्दा बढी रहेको छ ।
स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार हाल सिभिल अस्पतालमा १ सय जनाभन्दा बढीको उपचार भइरहेको छ भने १५ जनालाई वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टर थप उपचारका लागि रिफर गरिएको छ ।

त्यसै गरी ट्रमा सेन्टरमा ४९ जनाको उपचार भइरहेको छ भने एभरेस्ट अस्पतालमा ३४, केएमसी अस्पतालमा ३२, त्रिवि शिक्षण अस्पतालमा १८, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ४, नर्भिक अस्पतालमा ३, दमक अस्पताल झापामा ७, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २ र गण्डकी मेडिकल कलेजमा १ जनाको उपचार भइरहेको छ ।
केएमसी अस्पतालमा उपचार गराइरहेका ६ जनाको तत्काल अप्रेसन गर्नुपर्ने देखिएको छ । त्यसै गरी राष्ट्रिय ट्रमा सेन्टरमा उपचार गराइरहेका मध्ये केहीलाई तत्कालै गम्भीर प्रकृतिको अप्रेसन गर्नुपर्ने देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
गोली लागेर घाइते भएकामध्ये राष्ट्रिय ट्रमा सेन्टरमा ८ जना, एभरेस्ट अस्पतालमा ३ जना, सिभिल अस्पतालमा ३ जना र केएमसी अस्पतालमा २ जना र त्रिवि शिक्षण अस्पतालमा १ जनाको मृत्यु भएको हो ।
त्यसै गरी प्रदर्शनमा घाइते भई उपचारका लागि पाटन अस्पताल लगिएका ४ जनाको अवस्था गम्भीर रहेको पाइएको छ । त्यस्तै ट्रमा सेन्टरमा ४ जना, केएमसी अस्पतालमा ८ जना, त्रिवि शिक्षण अस्पतालमा ६ जनाको अवस्था गम्भीर रहेको पाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया