जेन-जी प्रदर्शन : मृत्यु हुनेको सङ्ख्या १७ पुग्यो, २५० भन्दा बढी घाइते

लोकपथ
329
Shares

काठमाडौं । जेन-जी प्रदर्शनका क्रममा गोली लागेर १७ जनाको मृत्यु भएको पुष्टि भएको छ । गृह मन्त्रालय स्रोतका अनुसार हालसम्म १७ जनाको मृत्यु भएको हो ।

प्रदर्शनमा २५० जनाभन्दा बढी घाइते भएका छन् । घाइतेमध्ये २४ जनाको अवस्था गम्भीर रहेको स्रोतले बताएको छ ।

मन्त्रालय स्रोतका अनुसार गोली लागेर घाइते भएकामध्ये राष्ट्रिय ट्रमा सेन्टरमा ८ जना, एभरेस्ट अस्पतालमा ३ जना, सिभिल अस्पतालमा ३ जना र केएमसी अस्पतालमा २ जना र त्रिवि शिक्षण अस्पतालमा १ जनाको मृत्यु भएको हो ।

त्यसै गरी प्रदर्शनमा घाइते भई उपचारका लागि पाटन अस्पताल लगिएका ४ जनाको अवस्था गम्भीर रहेको पाइएको छ ।

त्यस्तै ट्रमा सेन्टरमा ४ जना, केएमसी अस्पतालमा ८ जना, त्रिवि शिक्षण अस्पतालमा ६ जनाको अवस्था गम्भीर रहेको पाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?