सरकारको मिडियाप्रति दृष्टिकोण नकारात्मक छैन : प्रमुख सचेतक घिमिरे

लोकपथ
189
Shares
फाइल तस्बिर

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले मिडियाप्रति नकारात्मक दृष्टिकोण राखेको भनी आशंका गर्नुपर्ने अवस्था नरहेको बताएका छन् ।

 सोमबार नेपाल प्रेस युनियनले काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

दक्षिण एसियामै उत्कृष्ट मिडियाको अवस्था मुलुक नेपाल भएको उनको दाबी छ । उनले नेपाली कांग्रेस पार्टी लोकतन्त्र र जनताको अधिकारको लागि लड्ने पार्टी भएकाले उल्लेख गर्दै मिडियामाथि कुनै दुर्भावना नराख्ने समेत स्पष्ट  पारे । प्रस्तावित मिडिया काउन्सिल विधेयकमा धेरै विषयहरुमा संशोधन गर्नुपर्ने उनको स्वीकारोक्ति छ । मिडिया काउन्सिल गठनको प्रक्रिया परिमार्जन गर्नुपर्ने विज्ञको धारणा स्वागतयोग्य रहेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?