काठमाडौं । भ्रष्टाचार र बेथितिविरुद्ध सडक प्रदर्शनमा उत्रिएका जेनजी युवाहरू नयाँ बानेश्वरको निषेधित क्षेत्रमा प्रवेश गरेका छन् ।
माइतीघरमा जम्मा भएर नयाँ बानेश्वरतर्फ अघि बढेका उनीहरूले प्रहरीको घेरा तोड्दै अघि बढेका छन् । त्यसक्रममा उनीहरूको केहीबेर प्रहरीसँग धकेलाधकेलसमेत भएको थियो ।
सरकारले भदौ १९ मा २६ सामाजिक सञ्जाल नेपालमा निष्क्रिय गर्ने निर्णयको विरोधमा जेनजी पुस्ता सडकमा उत्रिएको हो ।
स्कुल ड्रेस र किताबसहित उनीहरू बिहान ९ बजेदेखि नै माइतीघर मण्डलामा जम्मा हुन थालेका थिए ।
नेपालमा बढ्दै गएको भ्रष्टाचार, नातावाद र कृपावादका कारण युवाको पलायनलगायतका कारण देखाउँदै जेनजी पुस्ताले विरोध थालेका हुन् । नेपालमा बढ्दै गएको भ्रष्टाचार र नेताका परिवारका सदस्यको रवाफिलो शैलीको विरोध गर्दै जेनजी पुस्ता सडकमा उत्रिएको हो । यसपटकको आक्रोश ‘डिजिटल नेटिभ्स’ मा देखिएको छ ।
सन् १९९७ देखि २०१२ जन्मेका पुस्तालाई ‘जेनजी’ पुस्ता भनिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया