काठमाडौं । सरकारले प्रतिबन्ध लगाएको सामाजिक सञ्जाल फेसबुक प्रयोग गरेको भन्दै नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा विवादमा तानिएका छन् ।
देउवाले आइतबार सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा आयोजित नेपाल उराँव संघको स्थापना दिवस तथा करम पूजा कार्यक्रममा सहभागी भएको बारेमा आफ्नो आधिकारिक फेसबुकमार्फत तस्बिरसहित जानकारी दिएका थिए ।
उक्त पोस्टमा सयौँ प्रतिक्रियामध्ये एकदमै चर्चामा आएको टिप्पणी काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) को हो । शाहले व्यंग्य गर्दै लेखेका छन्, ‘यो पोस्ट कुन भीपीएनबाट हो, नेपाली हो कि विदेशी ? सारै गाह्रो हुने रहेछ भीपीएनबाट चलाउन त !’
उनको टिप्पणीलाई धेरैले सरकारकै निर्णयविरुद्ध गरिएको व्यंग्यका रूपमा व्याख्या गरेका छन् ।
सरकारले केही समयअघि सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्रामलगायतमा अस्थायी प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । तर नेताहरु स्वयंले उक्त प्लेटफर्म प्रयोग गरिरहेको देखिँदा प्रश्न उठाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया