डिल्लीबजार कारागारको कम्पाउण्डभित्रैबाट स्कुटरको डिक्की फुटाएर चोरी

लोकपथ
819
Shares

काठमाडौं । पार्किङमा राखेको स्कुटरको डिक्की फुटाएर नगदसहित विभिन्न सामान चोरी गर्ने दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेहरुमा सोलुखुम्बु दुधकुण्ड–०८ घर भई हाल महाराजगंज बस्ने वर्ष ३४ सबिन कुमार श्रेष्ठ र काभ्रेको रोशी गाउँपालिका–०३ घर भई असन बस्दै आइरहेका ३१ वर्षीय को पाल्साङ दोर्जे रहेका छन् ।

उनीहरुले गत भदौ १५ गते डिल्लीबजारस्थित कारागार कार्यालयको कम्पाउन्डभित्रै पार्किङमा रहेको स्कुटरको डिक्की फुटाएर धनमाल चोरी गरेका हुन् ।

उनीहरुले बा. ७६ प.७२५२ नम्बरको स्कुटरको डिक्कीबाट १२ हजार नगदसहित एटिएम कार्ड, लाइसेन्स, आईफोनसहित २ वटा एन्ड्रोइड फोन लगायतका सामानहरु चोरी गरेका थिए ।

उनीहरुलाई नियन्त्रणमा लिइ जिल्ला अदालत काठमाडौंबाट ५ दिनको अनुमति लिइ अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?