काठमाडौं । आगामी दसैँलाई लक्षितगरी नेपाल राष्ट्र बैंकले सुकिला नोट सटहीको व्यवस्था गर्ने भएको छ । राष्ट्र बैंकले यस वर्षको दसैँका लागि भदौ २९ गतेदेखि असोज १० गतेसम्म सुकिला नोट सटहीको व्यवस्था गरिएको जनाएको छ ।
गत वर्षदेखि नयाँ नोट सटही नगरी केवल सुकिला नोट मात्र सटही गर्ने प्रावधान लागू गरिएको हो । यसपालि पनि बैंकहरूले नयाँ नोट उपलब्ध गराउने छैनन् ।
सर्वसाधारणलाई सहज बनाउन राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग थापाथली, विराटनगर, जनकपुर, वीरगन्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्ज र धनगढीस्थित प्रादेशिक कार्यालयमार्फत नोट सटही सुविधा उपलब्ध हुने जनाएको छ ।
राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयमार्फत समेत सर्वसाधारण र वित्तीय संघ–संस्थाले सुकिला नोट सटही सुविधा पाउने व्यवस्था मिलाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया