काठमाडौं । डडेलधुराको नवदुर्गा गाउँपालिका–५ को चौडमा आज बिहीबार बिहान भएको जिप दुर्घटनामा मृत्यु भएका चारै जनाको सनाखत भएको छ ।
उग्रतारा यातायातको से १ ज ७३८ नम्बरको जिप दुर्घटनामा परेर घटनास्थलमै मृत्यु भएका नवदुर्गा–५ का २३ वर्षीय सुरेश पार्की, १८ वर्षीय सुरेश साउद, ४० वर्षीया तारा अवस्थी र ७२ वर्षीया कलावती साउदको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको शव परीक्षणका लागि डडेलधुरा अस्पताल पठाइएको छ ।
दुर्घटनामा नवदुर्गा–५ बस्ने ४८ वर्षीय चन्द्रबहादुर साउद, १८ वर्षीया सुशीला विक, चार वर्षीया बालिका प्रतिका पार्की र ३५ वर्षीय रामबहादुर साउद घाइते छन् । घाइतेमध्ये सुशीला विक र साउदको अवस्था गम्भीर छ । साउद जिप चालक पनि हुन् । उनीहरूलाई उपचारका लागि डडेलधुरा अस्पताल पठाइएको छ ।
जिप सडकबाट करिब पाँच सय मिटर तल खसेको छ । जिप दुर्घटनाको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया