कांग्रेस केन्द्रीय कार्यालयमा शिक्षकहरूको धर्ना

लोकपथ
189
Shares

काठमाडौं । नेपाल शिक्षक महासंघले आज नेपाली कांग्रेसको केन्द्रीय कार्यालय, सानेपामा धर्ना दिँदै आफ्नो मागको ध्यानाकर्षण गराएको छ ।

पहिलो चरणको आन्दोलन अन्तर्गत बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म दुई घण्टासम्म सञ्चालन गरिएको धर्नामा महासंघका प्रतिनिधिहरूले ध्यानाकर्षण पत्र बुझाएका छन् ।

संसदीय समितिबाट पारित भएर प्रतिनिधि सभामा पुगेको शिक्षा विधेयकमा महासंघका मागहरू सम्बोधन गर्न दबाब दिनको लागि आफूहरू आन्दोलनमा उत्रिएको महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए । उनले सार्वजनिक शिक्षालाई उन्नत गराउनको लागि शिक्षक कर्मचारी र नेपाल शिक्षक महासंघले राखेका मागहरू सम्बोधन गर्नुको विकल्प नरहेको बताए । उनकाअनुसार महासंघले भदौ २० सम्म धर्ना कार्यक्रम जारी राख्ने भएको छ ।

भदौ १३ गते देशभरका स्थानीय तहहरुमा तथा भदौ १५ गते जिल्ला शिक्षा इकाईमा धर्ना दिने कार्यक्रम रहेको उनले जानकारी दिए । उनले २० गतेसम्म पनि आफ्ना मागहरू पूरा नभए भदौ २१ गते नयाँ आन्दोलनका कार्यक्रमहरु घोषणा गर्ने बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?