काठमाडौं । कालिकोटको कालेखोलामा सडक भासिएपछि कर्णाली राजमार्ग सुर्खेत–जुम्ला खण्डमा यातायात ठप्प भएको छ । गए राति सडक भासिँदा सम्पूर्ण सवारी आवागमन रोकिएको हो ।
सडक डिभिजन कार्यालयका प्रमुख दीपेन्द्रकुमार चौधरीका अनुसार मर्मत सम्भारका लागि आवश्यक जनशक्ति र उपकरण परिचालन गरिएको छ । तर, पूर्णरूपमा यातायात सुचारु हुन केही समय लाग्ने भएकाले यात्रु तथा सवारीधनीलाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया