पैदलयात्रीको गलाबाट पटकपटक सिक्री चोरी गर्ने कर्मा पक्राउ

लोकपथ
1.7k
Shares

काठमाडौं । पटकपटक पैदलयात्रीको गलाको सिक्री चोरीमा संलग्नलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–४ का ३६ वर्षीय कर्मा तामाङ रहेका छन् ।

तामाङ काठमाडौंको नागार्जुन नगरपालिकाका विभिन्न स्थानबाट पैदल यात्रीहरुको घाँटीबाट सिक्री चोरी फरार रहेका थिए ।

उनले गत असार १५ गते नागार्जुन नगरपालिका–२ स्थित मुस्कान नर्सरी चोक र गत साउन १२ गते ठूलो भर्‍याङबाट सिक्री लुटपाट गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराले लोकपथलाई जानकारी दिए ।

बोहराका अनुसार पीडितहरुको उजुरीको आधारमा आइतबार कामनपा–७ कुमारीगालबाट पक्राउ गरिएको हो ।

तामाङलाई जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको बोहराले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?